ट्रेंडिंग:

>> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोेषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

सम्भावना छ तर सङ्कटमा पेसा

१ कार्तिक २०८२, शनिबार
१ कार्तिक २०८२, शनिबार

भैरहवा, ०१ कात्तिक ।

दीपावलीमा माटोको बाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित भएका छन् । विशेष गरी तिहारलाई नै लक्षित गरी बनाएको माटोको सामग्रीले राम्रो बजार लिएको भनी उनीहरू हर्षित भएका हुन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईका ६५ वर्ष पुगी सकेका कोईल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गरेका थिए । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरू बिक्री गरी सकेको उनले सुनाए ।

दीपावलीबाट नै वर्षभरि पुग्ने खर्चको जोहो गर्नुपर्ने उनलाई बाध्यता छ । उनले पाला बिक्री गरेर नै ४ गोन जति धान र २० हजार जति पैसा कमाएको बताए । उनले अब उमेर गई सकेको कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताए ।

“१४–१५ वर्षको उमेर देखि नै माटोको भाँडा बनाउन सुरु गरेको हु ।” कोहारले भने “यसको बजार पहिले भन्दा अहिले राम्रो छ ।” रोहिणी गाउँपालिका वडा नम्बर ३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्की लगायतका सामग्री बिक्री गर्न भ्याई नभ्याई छ ।

उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा पोखरा सम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् । कोईल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहारले अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेका बताउँछन् । “बनाउन मात्र धौ–धौ हो, बजारलाई समस्या छैन” साधेले भने ।

बजार राम्रो रहे पनि अबका पुस्ताले आफ्नो परम्परागत पेसामा रम्न नसकेको अगुवा कोहारहरूको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ता यो कलामा रुचि नदेखाएको कोईल बताउँछन् ।

“भाँडा बनाउन माटो नै पाइन, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ त्यसैले म नै शायद यसको अन्तिम कलाकार हो,” कोईलले गुनासो गरे । माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याहरूले गर्दा उत्तराधिकारी कै कारण यो कला गुमाउने अवस्थामा पुगेका छन् ।

माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पाला लगायतको सामग्री बनाउने यो समुदायका अधिकांश युवा पाला बाहेक अरू केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेसातिर लागेको उनीहरूको भनाई छ ।

कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोईल कोहार बताउँछन् । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए । “बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न ।” कोहारले आफ्नो समस्या सुनाए ।

१५ वर्षको उमेर देखि माटोसँग खेल्दै आएका उनले स्थानीय तहको सहयोगको आस समेत गरे । “अहिले प्रधानहरू आएका छन्, हाम्रो लागि जर्नाको व्यवस्था गरी दिए केही हुन्थ्यो कि” वृद्ध कोईलले भने ।

लगानी बढी भए पनि यसैलाई आफ्नो पेसा नै बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । ५८ वर्षीय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्छन् ।

यो दीपावलीमा उनको करिब ३० हजार पाला बेचेर ४ गोन जति धान र २० देखी २५ हजार नगद कमाउने लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन् ।  उनी भन्दा अलि ठुलो कारोबारी राम किसुन कोहार हुन् ।

उनले माटोको भुड्की बनाएर पोखरा सम्म बजार फैलाएका छन् । विशेष गरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाउँछन् । स्थानीय तहहरूले यस्ता परम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाई छ ।

स्थानीय सरकारले यस्ता सीप मूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीय महेश कोहारले बताए । “यस्ता मौलिक पेसालाई व्यवस्थित र सीपमूलक बनाउन तर्फ राज्यको ध्यान गए आफ्नो पेसा पनि संरक्षित हुने र जीवन निर्वाहको लागी बिदेसिनु पर्ने समस्या हट्ने छ,” महेशले भने 

पेसा बचाउन र निरन्तरताको लागि सरकारबाट अहिले सम्म कुनै सहयोग नभएको दुखेसो कोहारहरूको छ । “कम्तीमा विद्युत् मोटरबाट चल्ने एउटा चक्की सहयोग भए पनि राम्रो हुने थियो,” स्थानीय महेश कोहार भन्छन् ।

सोही गाउँका मनोहर प्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उनलाई सानो पाला सयकडा ५ रुपैयाँ र ठुलो पाला २५ पैसा प्रति गोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठुलो पालाको मूल्य १० रुपैयाँ गोटा पुगेको छ ।

अहिले उनलाई पनि तिहारका लागि पाला बनाउन भ्याइ नभ्याई छ । बनाएका पाला लगायतका सामान खरिद गर्न घरमै व्यवसायी आउँछन्, भैरहवा, बुटवल सहित पोखरा, पाल्पा सम्म आफूले बनाएको माटोको पाला लगायतका सामान पुग्ने उनको भनाइ छ ।

तिहारको समयमा पहिला जस्तै बिक्री हुने गरेको उनी बताउँछन् । पालामा बत्ती बाल्ने प्रचलन अझै कायमै छ, उनले भने । यो पेसाबाट ५ जनाको परिवारको गुजारा चलेको छ ।”  यस पटकको तिहारमा ८० हजार रुपैयाँ भन्दा बढीको पाला बिक्री गर्ने लक्ष्य उनको छ ।

उनले यो पेसा अघि बढाउन स्थानीय तहबाट कुनै किसिमको सहयोग, तालिम प्राप्त नहुँदा नयाँ पुस्तामा पेसा हस्तान्तरणमा समस्या रहेको बताए । परम्परागत पेसा लाई संरक्षण गर्ने स्थानीय सरकारको भने कुनै योजना देखिएन ।

पाला लगायतका माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रलीकै ३ हजार रुपैयाँसम्म पर्दछ भने दाउरा पनि अभाव छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अबको वार्षिक कार्य योजनामा यो विषयमा ध्यान दिई पेसा संरक्षण गर्न मद्दत गर्ने बताए ।

उनले यस्ता परम्परागत पेसालाई जोगाउन गाउँपालिकाले कार्य योजना बनाई आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।
माटोका पाला लगायतका अन्य सामान बनाउने पेसामा आश्रित कोहार समुदायले आफूहरूलाई बजार भन्दा पनि माटोको बस्तु बनाउने परम्परागत चक्की को साटो विद्युतीय मोटर र माटोमा अनुदान र तालिम प्रदान गरे यो पेसा सुरक्षित हुने र पुस्तामा हस्तान्तरण गर्न सकिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?