ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली
दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड २०७९

कालिका र कुँवरवर्तीलाई एथ्लेटिक्समा एक–एक स्वर्ण

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

बुटवल, २ पुस ।

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको खेलमा दुई स्वर्णको टुगो लागेको छ । शनिबार भएको एथ्लेटिक्स अन्तर्गत लङजम्प खेलमा छात्रतर्फ कालिका मानवज्ञान माविका किर्तीमानी खेलाडी सलिम देवनले स्वर्ण हात पारे । यसैगरी छात्रातर्फ कुँवरवर्ती माविकी रजनी थारुले स्वर्ण हात पारे ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत दोस्रो दिनको खेलमा लङजम्प खेलमा कालिकाका सलिम देवनले ६.५५ मिटर दुरी पार गर्दै स्वर्ण हात पारेका हुन् । न्यू होराईजनका बिजय यादवले ५.७० मिटर दूरी पार गर्दै दोस्रो र सेन्ट जोसेफका सुरज गौड ५.२२ मिटर दुरी पार गर्दै तेस्रो भए ।

कुँवरवर्ती माविकी रजनी थारुले ४.५० मिटर दुरी पार गर्दै स्वर्ण आफनो नाम लेखाउन सफल भएकी छिन् । यसैगरी एभरेष्टका सान्ता सुनारले ३.८७ मिटर तथा नबिन औद्योगिक कद्यर बहादुर माविकी लक्ष्मी बलामी ३.८२ मिटर दुरी पार गर्दै क्रमश दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।

यसैगरी भलिबलतर्फ पहिलो र दोस्रो चरणका खेलहरु चलिरहेका छन् । पहिलो चरणमा छात्र तर्फको खेलमा सेन्ट जोसेफ, तिलोत्तमा, एभरेष्ट ईङलिस बोर्डिङ, उजिरसिह मावि, मणिमुकुन्द ईङलिस बोर्डिङ स्कुल, देवदह ईङलिस बोर्डिङ स्कुल, होराईजन जिबिएस, भैरहवा लिलाराम मावि, होराईजन ईङलिस बोर्डिङ स्कुल, कँुवरवर्ती इङलिस बोर्डिङ स्कुल, क्यानन ईङलिस बोर्डिङ स्कुल, जनज्योती मावि, सिद्धार्थ ईङलिस बोर्डिङ स्कुल, कान्ति मावि, सिता मावि, कोलिया मावि विजयी हँुदै दोस्रो चरणमा पुगेका छन् ।

यसैगरी छात्रातर्फ अन्तिम आठको टुंगो लागेको छ । अन्तिम चारका लागि होराईजन जिबिएस र नवज्योती ईङलिस बोर्डिङ स्कुल, त्रिुभवन एकेडमी र कालिका मानवज्ञान मावि, दिप बोर्डिङ स्कुल र सिद्धार्थ बोर्डिङ स्कुल तथा साई ग्लोबल र नविन माविको बीचमा खेलहरु हुने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?