© 2026
काठमाडौं ।
जेन-जी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेका छन् ।
सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । सुरज र आकाश चिनजानकै साथी भएको प्रहरीको भनाइ छ । घटनापछि आकाश फेरि भागेका छन् ।
अनुसन्धानको क्रममा आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । फरार सयौं अझै बाहिरै छन् ।