Butwal Today

उत्तेजना र प्रतिशोधभन्दा माथि उठेर अघि बढ्न जरुरी छ- रमेश लेखक

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २४ असोज ।

निवर्तमान गृहमन्त्री रमेश लेखकले मुलुकको वर्तमान परिस्थितिमा उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर जिम्मेवार ढंगले अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक बुझ्दै लोकतान्त्रिक मूल्य र मान्यताअनुसार समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।

‘जेनजी पुस्ताले उठाएका मागहरूलाई बुझेर लोकतन्त्रको सिद्धान्त र विधिको शासनलाई सुदृढ बनाउने दिशामा अघि बढ्न जरुरी रहेको उल्लेख गरे । अहिले उत्तेजना, पूर्वाग्रह वा प्रतिशोधमा नभएर, विवेक र जिम्मेवारीका साथ काम गर्नुपर्ने समय रहेको उनको भनाइ छ ।

गृहमन्त्री पदबाट आन्दोलनको पहिलो दिनमै राजीनामा दिएका लेखकले सबै राजनीतिक दल र सरोकारवालाहरूले संयमपूर्वक राष्ट्रहितमा केन्द्रित भएर अघि बढे मात्र स्थायित्व र सुशासन सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?