Butwal Today

एमालेको सचिवालय बैठक आज बस्दै

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ ।

साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।

यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?