© 2026
काठमान्डौ, २१ असोज ।
जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।
आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा उनीहरुको प्रदर्शन भएको हो । प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको थियो ।
प्रदर्शनमा सहभागी अमित खनाल ओझाका अनुसार, नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले तुरुन्तै राजीनामा दिनुपर्छ ।
यस्तै, जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति रद्द गर्नुपर्ने माग पनि राखेका छन् ।