ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

दसैँमा दिइने प्रमुख आशीर्वादका अर्थ

१६ आश्विन २०८२, बिहीबार
१६ आश्विन २०८२, बिहीबार

बुटवल, १६ असोज ।

दसैँ मुलतः नेपालमा मनाइने चाड हो । तर शरद ऋतुको यही समयमा यस्तै प्रकृतिको चाड भने दक्षिण एसियाका विभिन्न भूभागमा केही पृथकतासाथ मनाउने प्रचलन छ । नेपालका साथै भारतको सिक्किम, बंगाल, असम तथा भुटान, म्यानमार र श्रीलंकामा पनि दसैँ मान्नेहरूको ठुलो संख्या छ ।

त्यसो त नेपाल भित्रै पनि दसैँ मनाउनेहरूमा विविधता भने अवश्य भेटिन्छ । समुदाय, क्षेत्र तथा संस्कृति अनुरुप विभिन्न स्वरूपमा दसैँ मान्ने अभ्यास पाउन सकिन्छ । बसाइसराइँका कारण संसारभर पुगेका नेपालीहरू दसैँलाई प्रमुख चाडका रूपमा मान्ने गर्छन् । बदलिँदो समय अनुसार दसैँको महत्त्व र स्वरूपमा ठुलो परिवर्तन आएको छ ।

दसैँको सम्बन्ध गोरखाली राज्य विस्तार तथा सांस्कृतिक प्रभुत्वको फैलावटसँग रहेको व्याख्या गर्नेहरूको संख्या पनि ठुलै मात्रामा रहेको छ । यी तमाम सन्दर्भहरूका बाबजुद आज पनि विविध कारण दसैँ नेपालीहरूको मुख्य चाडका रूपमा कायमै छ ।

दसैँ र यसको आगमनको कथा धेरै लामो छ । खास गरी सोह्र श्राद्धको अवधि सकिएर आउने औँसीपश्चात् दसैँको पर्व औपचारिक रूपमा सुरु हुन्छ । शाक्त/शैव परम्परा अन्तर्गत शक्तिस्वरुप दुर्गाका विभिन्न स्वरुपको आराधना गर्दै सुरु हुने यस चाडमा केही दिनहरू झनै महत्त्वपूर्ण मानिन्छन् ।

यसमा पहिलो दिन घट्स्थापना, सातौँ दिन फुलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी तथा दशौँ दिन विजया दशमी अर्थात वडादसैँका रूपमा मानिन्छ । यी दस दिन दुर्गाका फरक–फरक स्वरुपको पुजा हुने गर्छ ।

दशमीका दिन दुर्गाको पुजालगायत प्रचलित विधि पुरा गरिसकेपछि दही, चामल र रातो रंगमिश्रित टीका वा सेतो टीकासहित घटस्थापनाको समयमा विधिपूर्वक राखिएका जमराहरूसहित आफूभन्दा ठुलाबढाको हातबाट आशीर्वाद ग्रहण गर्ने चलन छ ।

आशीर्वादमा विभिन्न प्रकारका सदिच्छा तथा शुभ भाव र कामना प्रदान व्यक्त गर्ने गरिन्छ । साधारणतयाः दुई वटा श्लोकहरू प्रचलनमा रहेको पाइन्छ । आउनुस जानौँ श्लोकको अर्थः

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

अर्थः

ॐ जयन्ती (सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी), मङ्गला (आफ्ना भक्तको जन्म–मरणको बन्धन हटाउने मङ्गलमयी), काली (प्रलयकालमा सम्पूर्ण सृष्टिलाई आफूमा समाहित गर्ने), भद्रकाली (आफ्ना भक्तहरूलाई दिनका लागि भद्र, सुख र मङ्गल स्वीकार गर्ने), कपालिनी (हातमा कपाल तथा गलामा मुण्डमाला भिरेकी), दुर्गा (अष्टांगयोग, कर्म र उपासनाबाट मात्र प्राप्त हुने दुःसाध्य), क्षमा (भक्तहरूलाई क्षमा दिने करुणामयी), धात्री (सम्पुर्ण प्रपञ्च धारण गर्ने), स्वाहा (स्वाहस्वरुप यज्ञभाग ग्रहण गर्दै देवताहरूको पोषण गर्ने) तथा स्वधा (श्राद्ध र तर्पण स्वीकर गर्दै पितृहरूको पोषण गर्ने) लगायत नामले प्रसिद्ध जगदम्बिकालाई मेरो नमस्कार छ ।

यो श्लोक दुर्गा सप्तशति (चण्डि) अन्तर्गतको अर्गला स्तोत्रबाट लिइएको हो । मार्कण्डेय पुराण अन्तर्गत सार्वणिक मन्वन्तरको देवी महात्म्यमा रहेको यस श्लोक लगायत अन्य श्लोकहरू अर्गला अर्थात मूल पाठमा प्रवेश गर्ने ताल्चा खोल्ने अर्थमा लिइन्छ ।

यो श्लोक पाठ बेगर भएको मूल पाठ अर्थहीन हुन्छ भन्ने मान्यता छ । यस श्लोकलाई मार्कण्डेयले बाचन गरेको भनिएको छ । यो श्लोक स्त्रीहरूलाई आशीर्वाद दिँदा प्रयोग गर्ने गरेको पाइन्छ ।

आयुद्र्रोणसुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्यर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थः

द्रोणाचार्यका छोरा अर्थात अस्वत्थामाको जस्तो आयु होस । दशरथको जस्तै पुण्य/श्रेय होस । रामकै जसरी शत्रु विनाश गर्न सक्ने हुनु । राजा नहुष जस्तै ऐश्वर्य मिलोस । वायुको जस्तै गति होस । दुर्योधनको जस्तो मान प्रतिष्ठा मिलोस् । शान्तनुपुत्र भीष्म जस्तै सौर्ययुक्त र पराक्रमी हुनु । हलो भिरेर हिड्ने अर्थात् बलरामको जस्तो बल मिलोस् । कुन्तीका छोरा युधिष्ठिर जस्तै सत्यनिष्ठा होस् । विदुरको जस्तो बुद्धि, विवेक होस् । नारायण भगवानको जस्तै कीर्ति फैलियोस् ।

नेपाली समाजमा प्रयोगमा रहेको यो श्लोक खासमा लोक प्रयोगबाट विस्तारित भएको पाइन्छ । मूलतः राजपरिवारसँग सम्बन्धित पात्रहरूलाई जोडेर तयार भएको यो श्लोकको प्रयोग राजपरिवारमा दसैँको टीका लगाउँदा राजपुरोहितहरूले बाचन गर्ने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ ।

यद्यपि यसबारे ठोस प्रमाण भने पाउन अप्ठेरो छ । मूलतः नेपाली समाजमा चलेको यो श्लोक पुरुषहरूलाई टीका लगाउँदा आशीर्वादको रूपमा बाचन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?