Butwal Today

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ९ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् ।

सम्बोधन साँझ ६ बजे हुने तय भएको छ भने यसको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरिरहेको छ ।

जेनजीहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनका नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।