Butwal Today

विजया दशमीका दिन बाहेक अन्य दिनमा अध्यागमन विभाग खुला रहने

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ९ असोज ।

अध्यागमन विभागले दशैँको अवधिमा विजया दशमीका दिन बाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा सञ्चालन गर्ने भएको छ ।

विभागका अनुसार असोज १६ गते विजया दशमीका दिन मात्र सेवा बन्द रहनेछ भने अन्य सार्वजनिक बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध गराइनेछ ।

अध्यागमन अधिकृत शिवकुमार अधिकारीद्वारा जारी सूचनामा प्रमुख दिन बाहेकका सार्वजनिक बिदामा पनि सेवा अविराम रहने स्पष्ट गरिएको छ ।