ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

भैरहवामा ‘दसैँ सस्तो बजार-२०८२’ सुरु

८ आश्विन २०८२, बुधबार
८ आश्विन २०८२, बुधबार

भैरहवा, ८ असोज ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा ‘दसैँ सस्तो बजार-२०८२’ सुरु भएको छ । असोज ८ गतेदेखि १२ गते सम्म सङ्घको परिसरमा सुरु चल्ने यो पाँच दिने बजारले उपभोक्ताहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सामानहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

बुधबार भैरहवामा एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै शर्माले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउन सस्तो बजार महत्त्वपूर्ण  हुने बताए ।

उनले भारतमा मात्रै सस्तो र राम्रो समान पाइन्छ भन्ने भ्रम यो सस्तो बजारले तोड्ने अपेक्षा रहेको बताए । नेपालीहरू चाडपर्वको अवसरमा नेपालमै उत्पादित समान प्रयोग गर्न शर्माले आग्रह गरे । यसले स्थानीय बजारको प्रवर्द्धन गर्नुको साथै आर्थिक अवस्था समेत चलायमान गराउने उनको भनाइ थियो ।

नेपाली उत्पादनहरू कुनै पनि मामिलामा अन्य उत्पादन भन्दा कम नभएकोले यहिकै उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले यस्तो सस्तो बजारले त्यसमा सहयोग गर्ने बताए । सस्तो बजार प्रदेशका हरेक जिल्लामा सञ्चालन भइरहेको जनाउँदै उनले महासङ्घले पनि यसमा सहकार्य गरेको बताए ।

बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, जुत्ता-चप्पल, घरेलु उत्पादन लगायतका १८ वटा स्टल रहेका छन्  । यो बजारले स्वदेशी तथा स्थानीय उत्पादनको प्रयोगलाई पनि बढवा दिने अपेक्षा गरिएको सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । बजारमा पाइने मूल्यमा भन्दा अहिले सञ्चालन भइरहेको सस्तो बजारमा विशेष छुट सहित सस्तो मूल्यमा समान उपलब्ध भइरहेको अध्यक्ष आचार्यले बताए ।

यो बजारलाई सफल बनाउन उद्योगी, व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय र सञ्चारकर्मी सबैको सहयोग र सहभागिताका लागि सङ्घले अनुरोध गरेको छ । २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले स्थापना काल देखि नै यस क्षेत्रको आर्थिक विकास तथा व्यावसायिक प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ ।

सङ्घले भैरहवामा पहिलो पटक वि.सं. २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रो पटक २०५९ सालमा दसैँ बजार, तेस्रो पटक २०७९ सालमा दसैँ बजार र चौथो पटक २०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ यस परम्परालाई निरन्तरता दिँदै, यस वर्ष पनि सङ्घ परिसरमा दसैँ बजार-२०८२ आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?