ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

प्रशासनिक नेतृत्वविरुद्ध बृहत् भेला गर्ने तयारी

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

काठमान्डौ, ७ असोज ।

मुलुकमा राजनीतिक र प्रशासनिक नेतृत्वका कारण बढ्दै गएको भ्रष्टाचार र अनियमितताविरुद्ध निजामती सेवासहित सार्वजनिक क्षेत्रका कर्मचारीले बृहत् भेलाको तयारी गरेका छन् । सिंहदरबारभित्र कार्यरत कर्मचारीहरूले जेन–जी आन्दोलनको भावनाअनुसार राजनीतिक नेतृत्व सत्ताबाट हटे पनि मुख्यसचिवसहित निजामती सेवाको नेतृत्वले पद छाड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सार्वजनिक वक्तव्य जारी गर्दै उनीहरूले तत्कालै सार्वजनिक सेवाका कर्मचारीको बृहत् भेला गरेर प्रशासनिक नेतृत्वलाई चेतावनी दिने बताएका छन् । मुख्यसचिव, गृहसचिव, संसद् सचिवालयका महासचिव र सर्वोच्च अदालतका रजिस्ट्रारलाई बर्खास्त गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् । कर्मचारीहरूको अनुसार, राजनीतिक तथा प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारीपनले हालको विकृत परिस्थिति सिर्जना गरेको हो ।

उनीहरूले निजामती सेवामा ट्रेड युनियनको अस्तित्व खारेज गर्नुपर्ने पनि माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ कि वर्तमान प्रशासनिक नेतृत्व पुरानो राजनीतिक नेतृत्वको मतियार भएकाले सुशासन सम्भव नहुने अवस्था सिर्जना भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवका अनुसार, प्रशासनिक नेतृत्व पनि विकृति बढिनमा जिम्मेवार रहेको हुनाले मुलुकभरका कर्मचारीको भेलाको तयारी गरिएको छ । ‘सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८०’ नामक सोमबार जारी ६ बुँदे विज्ञप्तिमा ट्रेड युनियनका कारण कर्मचारीको सरुवा–बढुवा र वृत्ति प्रणालीमा विकृति बढेको उल्लेख छ । विज्ञप्तिमा कुनै व्यक्तिविशेषको नाम नदिँदै संविधान जारी भएको १० वर्षसम्म निजामती ऐन लागू नहुने कारण सेवामा विकृति बढेको जनाइएको छ ।

अभियानका अनुसार, निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवकको मनोबल उच्च राख्दै सुरक्षित कार्य वातावरण सिर्जना गर्न आवश्यक छ । यसबाट सार्वजनिक सेवा चुस्त, दुरुस्त र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

संघीय मन्त्रालयका अधिकारीका अनुसार, खरिदारदेखि सहसचिवसम्मका कर्मचारी यस अभियानमा सक्रिय छन् । काठमाडौंमा हजारौं कर्मचारी भेला भएर प्रशासनिक नेतृत्वको बर्खास्ती र विकृति सुधारका लागि चेतावनी दिने तयारी गरिएको छ । सुरुमा केही कर्मचारीले सिंहदरबारभित्रै छलफल गरेकामा अब ठूलो संख्यामा सहभागी हुने प्रतिबद्धता जनाएको बताइएको छ ।

अभियानकर्ताहरूको ठहर छ कि जेन–जी आन्दोलनले मुलुकभर सुधारको अपेक्षा राखे पनि कर्मचारीहरूको मनोवृत्तिमा अपेक्षित सुधार देखिएको छैन । यस अभियानमार्फत सीमित व्यक्तिहरूले साधन स्रोत, सरुवा–बढुवामा चलखेल र काम नगरी तलब लिने प्रवृत्तिको अन्त्य गर्न सशक्त माग उठाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?