ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भैरहवामा डाण्डिया साँझ र भगवती जागरण हुने 

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

भैरहवा, ७ असोज । 

दसैँको अवसरमा भैरहवामा डाण्डिया साँझ तथा रात्रि भगवती जागरण हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, अखाडा नम्बर २, मैत्रीपथको आयोजनामा असोज १४ गते डाण्डिया साँझ र असोज १५ गते भगवती जागरण हुने भएको हो  ।

मङ्गलवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रवि कुमार जयसवालले अखाडा नम्बर २ बाट निरन्तर जागरण कार्यक्रम हुँदै गएको र गत वर्ष देखि डाण्डियाको पनि आयोजना गर्न लागेको बताए । उनले १४ गते हुने डाण्डियामा १ हजार बढिले सहभागिता जनाउने अपेक्षा रहेको बताए । १५ गते हुने रात्रि जागरणमा भारतका प्रसिद्ध कलाकार प्रमोद चल्चलको समूह लगायत दिल्लीको झाकी समूहले प्रस्तुति गर्ने उनले जानकारी दिए । यस बाहेक स्थानीय कलाकारहरूको पनि सहभागिता रहने जयसवालले बताएका छन् ।

डाण्डिया कार्यक्रममा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाउनुको साथै सम्पूर्ण कार्यक्रम स्थलमा स्वयंसेवक र सिसिटिभीको व्यवस्था गरिएको गुप्ताले स्पष्ट पारे । उनले डाण्डिया कार्यक्रममा सभ्य पोसाक लाएर आउनेलाई मात्र सहभागी गराउने उल्लेख गरे ।

१४ गते र १५ गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिको सचिव विशाल श्रीवास्तवले बताए । उनका अनुसार नवमीको दिनमा बिहान ३ बजे सम्म हुने जागरण कार्यक्रममा उपस्थित हुने सबै श्रद्दालुहरुको लागि प्रसादको व्यवस्था गरिएको छ । उनले कार्यक्रम गर्न करिब ७ लाख खर्च हुने र उक्त रकम स्थानीय दाता तथा प्रायोजकहरूबाट प्राप्त हुने जानकारी दिए ।

कार्यक्रममा बोल्दै समितिका सल्लाहकार दिपक कौशल, किरन देवी सुनारले यस्ता कार्यक्रमले परम्पराको रक्षा मात्र नभई स्थानीय व्यवसाय उकास्न सहयोग पुर्‍याइरहेको स्पष्ट पारेका छन् । अखाडा नम्बर २ ले विगत २३ वर्ष देखि यो कार्यक्रमलाई निरन्तरता दिएर स्थानीय बजार चलायमान बनाउने हुँदा भैरहवा र यस आसपास रहेका श्रद्धालुहरुलाइ कार्यक्रममा भाग लिन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?