Butwal Today

प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास तीव्र बनाएकी छन् । ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरिसकेकी कार्कीले केही मन्त्रीहरूसँग बालुवाटारमा उच्चस्तरीय छलफल थालेकी हुन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र मन्त्रीहरूबीच मन्त्रिपरिषद् विस्तारबारे निरन्तर छलफल जारी छ । मन्त्री पदका लागि विभिन्न नामहरूमा विचार–विमर्श भइरहेको स्रोतले जानकारी दिएको हो । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ रहेको उल्लेख गरिएको छ ।

बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी रहेका छन् । यस्तै, प्रधानमन्त्री कार्यालयका मुख्यसचिवसमेत छलफलमा सहभागी भएको जनाइएको छ ।