© २०२३
काठमान्डौ, १ असोज ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उनले सामान्य आगलागी भएका भवनको बाहिरी भागमा रङरोगन गर्ने, क्षति भएका सवारीसाधन हटाउने र क्षतिको मूल्यांकन गर्ने काम छिटो सम्पन्न गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने जानकारी पनि दिएका छन् ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।