ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

२७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार, सुरक्षा खतरा बढ्यो

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

काठमाडौँ ।

जेनजी आन्दोलनको लहर चलिरहँदा देशभरका विभिन्न कारागारमा बन्द कैदीबन्दीले एकपछि अर्को गर्दै भाग्न थालेपछि मुलुकको सुरक्षा अवस्था कमजोर देखिएको छ। देशका २७ वटा कारागारबाट कुल १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका छन् भने तीमध्ये अहिलेसम्म ५ हजार ४३४ जना मात्रै फिर्ता भएका छन्। बाँकी ९ हजार १२१ जना अझै फरार छन्।

कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार केही कैदी आफैँ फर्किएका हुन् भने धेरैलाई प्रहरीले पक्राउ गरेर पुनः कारागार पठाएको हो। पक्राउ परेकालाई जहाँ पक्राउ परियो, त्यही जिल्लाको कारागारमा राखिएको छ। अहिले पनि फरार भएका केही कैदी कारागार प्रशासनसँग सम्पर्कमा आइरहेका छन् र आफैँ फर्किने तयारीमा छन्।

ललितपुरको नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई आन्दोलनकारीले कारागार तोडेर बाहिर निकालेपछि देशभर कैदीबन्दी भाग्ने लहर सुरु भएको थियो। त्यसपछि नक्खुबाट आएका कैदीहरूले काठमाडौँको केन्द्रीय कारागार (सुन्धारा) मा समेत तोडफोड गरे। नक्खुमा घटनाक्रम सुरु भएको केही समयमै सुन्धारामा समेत तोडफोड भई भाग्ने क्रम तीव्र भएको हो।

केन्द्रीय कारागार सुन्धाराबाट मात्र ३ हजार ५२३ जना कैदीबन्दी भागेका थिए। हालसम्म तीमध्ये १ हजार १३४ जना फिर्ता भइसकेका छन्। उनीहरूमध्ये २१० जनालाई प्रहरीले अन्य जिल्लाबाट पक्राउ गरेर त्यही जिल्लाको कारागारमा राखेको हो। बाँकी अझै फरार छन्।

यसैबीच, पूर्वमन्त्री टोपबहादुर रायमाझी बुधबारसम्ममा जेल फर्किने तयारीमा छन् भने पूर्वगृहसचिव टेकनारायण पाण्डेले पनि छिट्टै फर्किने बताइसकेका छन्। चर्चित ३३ किलो सुन प्रकरणमा दोषी ठहरिएका चुडामणि उप्रेती (गोरे) र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पनि कारागार फर्किइसकेका छन्।

नक्खु कारागारबाट भागेका रवि लामिछाने आफैँ कारागार फर्किएका हुन् भने सञ्जय टकलालाई प्रहरीले काभ्रेबाट पक्राउ गरेर पुनः कारागार ल्याएको हो।

यता काठमाडौँकै डिल्लीबजारस्थित कारागारमा समेत आगजनी र तोडफोड भएको थियो। केही कैदीबन्दी कारागारबाट सडकसम्म पुग्न सफल भए पनि नेपाली सेनाले बल प्रयोग नगरी सम्झाइबुझाइ गरेर सबैलाई फर्काएको थियो। तर, बाँकेको बालसुधार गृहमा भने सशस्त्र प्रहरीले गोली चलाउँदा पाँच जना कैदीको ज्यान गएको छ। यस्तै, धादिङ र रामेछापका कारागारमा भाग्न खोजेका कैदीमाथि सेनाले गोली चलाउँदा धादिङमा दुई र रामेछापमा तीन जनाको मृत्यु भएको छ।

हालसम्म देशका ७५ वटै जिल्लामध्ये २७ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन्। तीमध्ये झुम्का (सुनसरी), सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, सुन्धारा (जगन्नाथदेवल), भीमफेदी (मकवानपुर), रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कारागारहरू समावेश छन्।

कैदीबन्दी भागेपछि समाजमा असुरक्षा महसुस भएको भन्दै प्रहरी प्रशासन सचेत देखिएको छ। आन्दोलनको बेला दुई दिनसम्म प्रहरी अधिकांश स्थानमा उपस्थित हुन नसक्दा नागरिकले प्रहरीको आवश्यकता महसुस गरेको र अहिले प्रहरीलाई फिर्ता ल्याउन नागरिक आफैँ सक्रिय देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।

उनका अनुसार आन्दोलनको समयमा प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनीका साथै सवारीसाधन, हतियार र बर्दीसमेत लुटिएको छ। अहिले प्रहरीको क्षतिको विवरण संकलन गर्न डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रहरी पुग्न नसकेका ठाउँमा स्थानीय बासिन्दाहरूले रातिको समयमा आफैँ गस्ती गरिरहेका छन् भने ध्वस्त भएका प्रहरी कार्यालयहरू वैकल्पिक स्थानबाट सञ्चालनमा ल्याउन थालिएको छ। कतिपय ठाउँमा स्थानीयले नै प्रहरीका लागि अस्थायी आवासको व्यवस्था मिलाइरहेका छन्।

डीआईजी घिमिरेका अनुसार चाडपर्व नजिकिँदै गर्दा नागरिक सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। यस्तो समयमा कैदीबन्दीको ठूलो संख्यामा भाग्नु र प्रहरी संरचनामा भएको क्षति गम्भीर विषय भएको भन्दै सरकारले प्रहरीको मनोबल उच्च राख्ने तत्काल निर्णय लिनुपर्ने आवश्यकता औंल्याइएको छ। अहिले प्रहरीहरू आफूसँग बाँकी रहेका पोशाकमै खटिइरहेका छन् र जुनसुकै परिस्थितिमा पनि जनताको सुरक्षामा समर्पित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?