© २०२३
काठमाडौं, ३१ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भने नेपालस्थित भारतीय राजदूतले आजै सिंहदरबारमा भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे भारतीय राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटी बधाई दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार मोदीसँगको औपचारिक संवाद बिहीबार हुने भएको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिँदै शुभकामना प्रकट गरेको थियो । मणिपुर भ्रमणका क्रममा पनि मोदीले नेपालको असामान्य परिस्थितिबीच नागरिक सरकार गठन हुन सक्नु सकारात्मक भएको बताएका थिए ।