Butwal Today

प्रधानमन्त्री कार्की र मोदीबिच बिहीबार संवाद, आज ४ बजे भेट्ने

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ३१ भदौ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भने नेपालस्थित भारतीय राजदूतले आजै सिंहदरबारमा भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे भारतीय राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटी बधाई दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार मोदीसँगको औपचारिक संवाद बिहीबार हुने भएको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिँदै शुभकामना प्रकट गरेको थियो । मणिपुर भ्रमणका क्रममा पनि मोदीले नेपालको असामान्य परिस्थितिबीच नागरिक सरकार गठन हुन सक्नु सकारात्मक भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?