© २०२३
काठमान्डौ, ३१ भदौ ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने स्पष्ट जवाफ दिएका छन् ।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेट गर्ने क्रममा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन् । तर डा. रुइतले बिरामी छाडेर सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन ।
उनले सरकारलाई सहयोग गर्ने तर मन्त्रीको रूपमा प्रत्यक्ष सहभागिता गर्न नसक्ने बताए ।