© 2026
काठमान्डौ, ३१ भदौ ।
जेनजी आन्दोलनपश्चात नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलोपटक सार्वजनिक भएका छन् । उनले बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गर्दै आन्दोलनका क्रममा भएको क्षतिको निरीक्षण गरेका छन् ।
जेनजी युवा आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रचण्डसहितका शीर्ष नेताहरुलाई नेपाली सेनाले विशेष सुरक्षा व्यवस्थासहित केही दिन ब्यारेकमा राखेको थियो ।
आन्दोलनकै क्रममा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको थियो । गतदिन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय पुगेर अवलोकन गरेका थिए ।
हाल माओवादी कार्यकर्ताहरूले क्षतिग्रस्त कार्यालयको सरसफाइ र मर्मतसम्भारको कार्य सुरु गरेका छन् ।