ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष सञ्चालन

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

भैरहवा, ३१ भदौ ।

स्थापनाको करिब ५० वर्षपछि भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फको आगमन कक्षलाई फरक भवनमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ ।

यसअघि आगमन र प्रस्थान दुवै सेवा एउटै भवनबाट सञ्चालन हुँदै आएकोमा अब यात्रुको सुविधालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, पुरानो व्यवस्थामा यात्रुहरूलाई लिन आउने आफन्तहरूलाई घाम, हावाहुरी र वर्षाबाट जोगिने ठाउँ थिएन ।

तर, अब नयाँ आगमन कक्षमा आगन्तुकका लागि वातानुकूलित (एसी) प्रतीक्षालयको व्यवस्था गरिएको छ, जसले उनीहरूलाई सहजता प्रदान गर्नेछ ।

नयाँ आगमन कक्ष पुरानो भवनको पश्चिमपट्टि रहेको साबिकको कार्गो भवनलाई पुनर्निर्माण गरी तयार पारिएको हो । यससँगै आन्तरिक कार्गो सेवा काउन्टर पनि यही कक्षमा राखिएको छ । यसले गर्दा कार्गो लिन आउने सेवाग्राहीले सुरक्षा जाँचको झन्झटबाट मुक्ति पाएका छन् ।

अहिलेको आगमन कक्ष पर्याप्त यात्रु अट्ने क्षमताको रहेको हुनाले यसले यात्रुलाई थप सहजता दिने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

विमानस्थल प्रशासनले यात्रु सुविधाका लागि अन्य सुधारका कामहरू पनि अघि बढाएको छ । महाप्रबन्धक तिवारीका अनुसार, ब्यागेज ह्यान्डलिङ सिस्टमको लागि पनि टेन्डर गरिसकिएको छ र करिब छ महिनाभित्र यो प्रणाली पनि आगमन कक्षबाटै सञ्चालनमा आउनेछ ।

आगमन कक्षको सुधारपछि अबको ध्यान प्रस्थान कक्षको स्तरोन्नतिमा केन्द्रित रहेको उनले बताए । हाल १५० जनाको क्षमता रहेको प्रस्थान कक्षलाई स्तरोन्नति गरी ३०० जनाको क्षमताको बनाउने योजना रहेको छ ।

दैनिक औसत २० वटा उडान हुँदै आएको यस विमानस्थलबाट हाल पोखरा र काठमाडौँका लागि मात्र उडान भइरहेका छन् । विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार, गत वर्ष (२०२४) मा करिब ८ लाख आन्तरिक यात्रुहरूले यस विमानस्थलको सेवा लिएका थिए ।

भैरहवा विमानस्थलको इतिहास २०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको थियो । २०२३ सालमा यसले आन्तरिक विमानस्थलको रूपमा हालको स्थानबाट सेवा दिन थाल्यो ।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए भने करिब ३५ अर्बको लागतमा निर्माण सम्पन्न भएको यस विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?