ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी महोत्सवमा कुस्ती र ब्याडमिन्टन

२५ मंसिर २०७९, आईतवार
२५ मंसिर २०७९, आईतवार

भैरहवा, २५ मंसिर ।

नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरन्जन प्रदान गर्ने उद्देश्यले कुस्ती र ब्याडमिन्टन प्रयोगिता आयोजना गरेको जनाएको छ ।

ब्याडमिन्टन नेपालका हरेकजसो ठाउँमा लोकप्रिय मानिन्छ । यस्तै, कुस्ती तराईका जिल्लाका बढी मात्रामा लोकप्रिय छ । ‘कुस्ती र ब्याडमिन्टनले महोत्सवलाई अझ रोचक बनाउने छ’, संघका सदस्य एवं खेलकुद कार्यक्रम संयोजक हरिबहादुर थापाले भने, ‘हाम्रो उद्देश्य अब खेलकुदलाई पनि आर्थिक समृद्धिसँग जोड्नुपर्छ, खेल प्रबद्र्धन भए यसले बजारलाई चलायमान बनाउन पनि सहयोग गर्छ भन्ने हो ।’

महोत्सव स्थलमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता यही मंसिर २६ देखि २८ गतेसम्म तीन दिन हुने छ । यस्तै, जिल्लास्तरी खुल्ला ब्याडमिन्टन प्रतियोगिता मंसिर २९ र पुस १ गते गरी दुई दिन हुने छ । कुस्ती अन्तर्राष्ट्रियस्तरको हुनेछ । कुस्तीमा नेपालीसँगै भारतीय चर्चित र ख्याती प्राप्त पहलवानहरुले प्रतिस्पर्धा गर्नेछन् । ‘कुस्ती सधैंजसो स्थानीयस्तरमा आयोजना हुँदै आएको छ तर यसपटक हामीले अन्तर्राष्ट्रियस्तरको आयोजना गरेका छौं’, थापाले भने, ‘यसले धेरै दर्शकलाई आकर्षित त गर्ने नै छ, यसप्रति युवाहरुको लगाब बढाउन भूमिका खेल्ने छ ।’

थापाले तराईमा कुस्ती सबैभन्दा लोकप्रिय खेल भएको जनाए । ‘कतिपय अवस्थामा युवहरुले यस खेलप्रति चाहना हुँदा पनि प्रतिस्पर्धा गर्न पाउनुभएको छैन, महोत्सवस्थलमा हामीले त्यो अवसर प्रदान गरेका छौं, त्यसैले धेरैभन्दा धेरै युवाहरुलाई कुस्तीमा सहभागी भई प्रतिस्पर्धा गर्न मैले आग्रह गर्दछु’, उनले भने । खेलप्रति युवाहरु आकर्षित भए यसले कुलतलगायत अन्य अबाञ्छनीय गतिविधिबाट टाढा राख्न मद्दत पुग्ने जनाए । ‘यतिमात्रै होइन् यसले संस्कृति र प्राचीन खेलको संरक्षण पनि गर्ने हाम्रो विश्वास छ’, थापाले भने ।

केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको ब्याडमिन्टन खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । पहिला ब्याडमिन्टन खेल कर्मचारी मिलन केन्द्रमा मात्र सीमित थियो, खेलका लागि कोर्टहरु पनि जहाँतही बनाइँदैनथ्यो । अहिले युवादेखि पाकापुस्तासम्मको रोजाइमा छ । कोर्टहरु पनि धेरै बनेका छन् । ‘ब्याडमिन्टनको महत्व हामीले अझै बढाउन चाहन्छौं, यसैले पनि मेलास्थलमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेका छौं’, थापाले भने । सुरुमा भैरहवा र बुटवलमा मात्रै ब्याडमिन्टनका लागि कभर्डहलहरु थिए । अहिले जिल्लाका तिलोत्तमा, सैनामैना, देवदहलगायतका ठाउँमा पनि कभर्डहल बनेका छन् । रुपन्देहीमा मात्रै ११ वटा कभर्डहल बनिसकेका छन् । यसबाहेक सरकारी कार्यालयहरुमा पनि दर्जनौं कोर्ट छन् । मुलुकका सबैजसो ठाउँमा ब्याडमिन्टन खेल खेलिन्छ ।

मेला मूल आयोजक समिति उपसंयोजक एवं संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कुस्ती खेलमा प्रथम हुनेलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई ११ हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । यस्तै, जिल्लास्तरीय ब्याडमिन्टन खेलमा प्रथम हुनेलाई १५ हजार, द्वितियलाई १० हजार र तृतियलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । दुबै खेलका विजेतालाई नगदसहित ट्रफी र मेडल पनि प्रदान गरिने उनले जनाए । ‘महोत्सवले उद्योग, ब्यापार, कृषि, पर्यटनसँगै खेलकुदको विकासमा पनि महत्वपूर्ण योगदान दिनेछ’, श्रेष्ठले भने ।

खेलकुदले मानिसलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ राख्नुका साथै यसको संरक्षण र प्रवद्र्धन पनि गर्छ । ‘खेलाडीलाई फाइदा गर्छ नै यसले राष्ट्रलाई चिनाउनसमेत मद्दत पुग्छ’, महोत्सव प्रचारप्रसार समिति संयोजक एवं संघका सदस्य कृष्णप्रसाद घिमिरेले भने, ‘यसैले विशेष महत्व दिएर हामीले कुस्ती र ब्याडमिन्टन प्रतियोगिता राखेका छौं, आउने दिनमा हुने अन्य महोत्सवमा अरु खेलकुदहरुलाई पनि समेटेर लैजाने छौं ।’ पुस ४ गतेसम्म संचालन हुने महोत्सवमा अधिक भन्दा अधिक दर्शक भित्र्याउन प्रचारप्रसारलाई तिव्र पारिएको घिमिरेले बताए । खेलकुदमा सहभागी हुन पनि ठाउँ–ठाउँमा पुगेर खेलाडीहरुलाई निमन्त्रणा गरिएको उनले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?