Butwal Today

गृहमन्त्री अर्याल : ऐतिहासिक अवसरको ढोका खुल्यो, विवादले पछि फर्काउन सक्दैँन

३० भाद्र २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ३० भदौ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा केही क्षति भए पनि त्यसले देशका लागि ऐतिहासिक अवसरको ढोका खोलेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब विवाद गरेर पछाडि फर्किने समय नभएको स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले मुलुकलाई दीर्घकालीन रूपमा सही दिशातर्फ डोर्याउनुपर्ने आवश्यकता औंल्याउँदै राज्यका तीनैवटा अंगका संरचना नहुँदा देश अपूर्ण अवस्थामा रहेको धारणा व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?