Butwal Today

अर्थमन्त्री खनालको पहिलो निर्णय: टुक्रे र अपूर्ण आयोजना स्थगित

३० भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, ३० भदौ ।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि मन्त्रालयका कर्मचारीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए ।

मन्त्री खनालले पदभार ग्रहण गर्दै आफूलाई “माननीय” नभन्न आग्रह गरेका छन् । उनले पहिलो निर्णयका रूपमा पूर्व तयारी नभएका र अपूर्ण आयोजनाहरू कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।

उनले भने, “अबको प्राथमिकता युवाहरूका माग पूरा गर्नु र आगामी निर्वाचन सफलतापूर्वक सञ्चालन गर्नु हो । यसैका लागि खर्च कटौती गर्ने निर्णय गरिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?