ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

जनजीवन सामान्यतिर…

३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
भैरहवा,  ३० भदौ ।
रुपन्देही सहित लुम्बिनी प्रदेशका सबै जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ । शैक्षिक तथा व्यावसायिक क्षेत्रमा कामहरू सुचारु भएका छन् । आन्दोलनमा क्षति भएकाहरूको पनि विवरण निकाल्न सुरु गरिएको छ ।
निजी तथा सरकारी सबै विद्यालयहरूले नियमित रूपमा विद्यालय सञ्चालन गरेका छन् । सवारीका साधनहरू निर्बाध रूपमा चल्न थालेपछि जनजीवन सामान्य बन्दै गएको हो ।
विभिन्न स्थानमा जेनजीका नाममा गरेका गलत कामको विरोध सुरु भएका छन् । विभिन्न व्यक्तिहरूका निजी सम्पत्ति माथि आगो लगाउने र सामानहरू चोरी गर्नेहरूलाई खबरदारी गरिएको छ ।
यसै गरी विभिन्न सार्वजनिक संस्थाहरूले पनि सरसफाइ र पुन निर्माणको कामलाई सुरु गर्न थालेका छन् भने कहीँ कतै जनताका कामहरू गर्न पनि सुरु गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा जलेर नष्ट भएका भैरहवाका सरकारी कार्यालयहरूले पुनर्निर्माणको सट्टा अस्थायी व्यवस्थापनबाटै सेवा सुरु गरेका छन् । जलेको भवनको खण्डहरमाथि आशाको पाल टाँगेर भैरहवा भन्सार कार्यालयले सम्पूर्ण सेवाहरू आइतबारबाट सुचारु गरेको छ भने आन्तरिक राजस्व कार्यालयले पार्किङ यार्डबाटै काम थालेको छ ।
भन्सार कार्यालयको सेवा र राजस्व सङ्कलन
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी शिवलाल न्यौपानेका अनुसार, कार्यालयमा २५ गते मात्रै काम गर्न नसकिएको र २६ गतेदेखि ग्यास, डिजेल, पेट्रोल र औषधिलगायतका अत्यावश्यक वस्तुहरूको जाँच पास सुरु गरिएको थियो ।
उनले २६ गते ४ वटा ग्याँस बुलेट र २७ गते तरकारी तथा फलफूल बोकेका २१ वटा गाडी छोडिएको जानकारी दिए । २८ गते शनिबार २३९ वटा गाडीको जाँच पास गरी ४ करोड ५ लाख राजस्व सङ्कलन गरिएको न्यौपानेले बताए ।
कार्यालयको भुक्तानी र प्रज्ञापन पत्र भर्ने प्रणाली अनलाइनमा भएकाले कर्मचारीहरूले व्यक्तिगत ल्यापटप र जल्नबाट जोगिएका ल्यापटपको प्रयोग गरी अस्थायी रूपमा काम गरिरहेका छन् । कर्मचारी बस्ने क्वाटरबाट बिजुलीको तार तानिएको छ ।
“हाम्रो भुक्तानी र प्रज्ञापन पत्र भर्ने प्रणाली अनलाइन प्रणालीमा छ, त्यसैको आधारमा अस्थायी रूपमा कार्यालय खडा गरेर सबै कर्मचारीहरूको व्यक्तिगत ल्यापटप, जल्नबाट जोगिएका ल्यापटपबाट काम गरिरहेका छौँ ।” न्यौपानेले भने “यसको लागि छुट्टै बिजुलीको तार तानेर काम गरिरहेका छौँ र बैङ्कले पनि आजैदेखि सेवा सुचारु गर्ने गरि लागेको जानकारी पाएका छौँ ।”
पूर्ण रूपमा जलेको यात्रु शाखाबाट हुने अस्थायी जाँच पास पैठारीको काम पनि सुरु भएको छ, तर लोकल सर्भर जलेका कारण भारतीय नम्बर प्लेटका गाडीलाई दिइने सुविधा सेवा भने हाललाई रोकिएको छ । यो सेवा सकेसम्म सोमबारदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
आन्तरिक राजस्व कार्यालयको पहल
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले आइतबारदेखि नै कार्यालय सरसफाइ गरी सेवाग्राहीलाई सेवा दिन थालिएको जानकारी दिए ।
कार्यालयका सबै तथ्याङ्क र सूचनाहरू डिजिटल भएकाले सुरक्षित छन् र भौतिक रूपमा रहेका केही फाइलमा क्षति पुगे पनि त्यसले खासै असर नपर्ने उनले बताए ।
कर्मचारीका उपलब्ध ल्यापटप र पार्किङ ¥याडमै इन्टरनेट तथा बिजुली जडान गरी काम सुरु गरिएको छ । पोखरेलले सीमित स्रोतबाटै भए पनि सेवाग्राहीलाई सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।
जिल्ला प्रशासनको समन्वय
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयहरूको सेवा सुचारु गरिएको जानकारी दिए ।
उनले जलेका सरकारी कार्यालयहरूमा कम्पाउन्डमै टेबल कुर्सी राखेर सेवाग्राहीलाई सेवा तथा जानकारी दिने व्यवस्था गरिएको बताए । निजी क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन भने केही समय लाग्ने उनको भनाइ छ ।
जलेर ध्वस्त भएका यी कार्यालयहरूले आफ्नो खण्डहरबाटै सेवाको ज्योति बाल्न सुरु गरेका छन्, जसले सेवाग्राहीहरूमा भविष्यमा पूर्ण रूपमा पुनर्स्थापित हुने विश्वास र आशा जगाएको छ । यो केवल सरकारी सेवाको पुनरागमन मात्र नभएर, विपत्तिपछि फेरि उठ्ने र जीवनलाई सामान्य बनाउने मानवीय भावनाको जित पनि भएको सरोकारवालाहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?