ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
अन्तरविद्यालय क्रिकेट

शान्ति नमूना माविले जित्यो उपाधि

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

भैरहवा, २४ मंसिर ।

भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै शान्ति नमूनाले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको शान्ति नमूनाले उपाधि जित्दा उसका ब्याट्सम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्दतले ३८ रनको योगदान दिए । शान्तिका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् । शान्ति नमूना १ बल बाँकी छदै अलआउट हुँदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम शेखले समान एक–एक विकेट पाए ।

जितका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रनमात्र बनाई १ रनले पराजय भोग्यो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनायो । लुम्बिनीका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाए । शान्ति नमूनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले समान एक–एक विकेट लिए ।

प्रतितयोगिताम उत्कृष्ट खेलाडी हुँदै शान्ति नमूनाका स्वस्तिक पराजुलीले ५ हजार रुपैयाँ प्राप्त गरे । पराजुलीले नै उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार जित्दै २ हजार ५ सय रुपैयाँ पाए । यस्तै, उनने प्लेयर अफ द फाइनलको उपाधि समेत जिते । त्यसैगरी शान्ति नमूनाकै आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार पाए । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा काशी नोबल एकेडेमी, भैरहवा अनुशासित टिम घोषित भयो ।

बिजेता तथा उपबिजेता विद्यालयका खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर ३ (१)का नवनिर्बाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, उद्योगपति एवं रुपन्देही क्रिकेट संघका सल्लाहकार ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, भन्सार एजेन्ट महासंघ नेपालका निबर्तमान अध्यक्ष डा.शान्तकुमार शर्मा, मुख्य प्रायोजक संस्था पर्वत ज्वेलर्सका प्रबन्ध निर्देशक बिमल सेन्चुरी, क्रिेकट संघका सचिब सञ्जय गुरुङलगायतले पदक, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १३ बिद्यालयको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?