© २०२३
काठमान्डौ, २८ भदौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको कुटपिट र घरमा आगजनीको घटनालाई जघन्य अपराधको संज्ञा दिएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रका लागि देउवाले पुर्याएको योगदानको स्मरण गर्दै घरमै बसेको अवस्थामा पत्नीसहित कुटपिट हुनु र लुटपाट हुनु अमानवीय र आपराधिक कृत्य रहेको भन्दै यसको जति निन्दा गरे पनि कम हुने बताएका छन् ।
२४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए । सो निवास नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाद्वारा निर्माण गरिएको ऐतिहासिक घर हो ।
कोइरालाले आगजनीप्रति दुःख व्यक्त गर्दै कोइराला निवासको भौतिक संरचना खरानी हुन भएपनि विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन नसकिने उल्लेख गरे ।
उनले कोइराला निवासको खरानीबाट नयाँ कांग्रेसको पुनर्निर्माणको प्रण गर्न सबैलाई आह्वान गरे ।