Butwal Today

सुशीला कार्कीलाई सरकारको प्रमुख बनाएपछि माओवादीले गर्‍यो भर्त्सना

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ ।

सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो ।

‘जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्छ । साथै, संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गर्दछौँ , बैठकको निर्णय सुनाउँदै सचिव देवेन्द्र पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?