Butwal Today

सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्छन् – संविधानवादबाट बाहिर जानुहुँदैन

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २७ भदौ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोच्च प्राथमिकतामा राख्दै संवैधानिक प्रक्रियामार्फतै समाधान खोज्न राष्ट्रपतिले पहल गरिरहेको बताएका छन् । उनीहरूले विधिको शासन र संविधानवादबाट बाहिर नजानुपर्ने पनि जोड दिएका छन् ।

२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।

सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?