ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

२७ भाद्र २०८२, शुक्रबार
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा, २७ भदौ ।

देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा एक शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको संयोजनमा र भैरहवाका विभिन्न संघसंस्थाहरूको आयोजनामा सम्पन्न भएको यस र्‍यालीले देशमा भइरहेको जेनजी आन्दोलनपछि शान्ति कायम गर्न भैरहवाबाट आह्वान गरेको छ ।

बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । यस कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्त्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

कार्यक्रममा जेनजी पुस्ताका सागर ज्ञवालीले बोल्दै देश नयाँ पुस्ता र व्यवस्थामा गई सकेकोले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउन तर्फ लाग्नुपर्ने बताए । उनले अहिले बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकोले शान्तिपूर्वक बजार सञ्चालन बनाउनुपर्ने बताए । उनले जेनजीले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नको लागि आन्दोलन गरिएको र आन्दोलनमा घुसपैठ भएको कारण नराम्रो अवस्था आएको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवा पुस्ताले गरेको आन्दोलन जायज रहेको बताउँदै आन्दोलनले नराम्रो परिघटनाहरू सिर्जना गरेको कारण देशै नरहने स्थिति सम्म ल्याएको जिकिर गरे । यस्तो अवस्थामा युवाहरूको जायज मागलाई पुरा गर्दै देशमा शान्ति सद्भाव कायम होस भन्ने उद्देश्यले र्‍यालीको आयोजना गरिएको उनले बताए । देशैभरि सद्भाव कायम गर्न भैरहवाबाट सन्देश दिने उद्देश्य रहेको बताउँदै उनले र्‍यालीलाई जेनजीहरुले नै यसको अगुवाइ गर्न लगाइएको जानकारी दिए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबैले मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिँदै शान्तिको कामनासँगै र्‍यालीको आयोजना गरिएको बताए ।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग बाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग बाणिज्य सङ्घ, रुपन्देही, चेम्बर अफ कमर्श रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देही, सिद्धार्थ होटेल सङ्घ, भैरहवा मर्निङ्ग वाक ग्रुप, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्राली लगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?