© २०२३
काठमान्डौ, २६ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हालैको जेनजी आन्दोलनपछिको जटिल परिस्थितिमा संविधानभित्रै रहेर समाधान खोज्न आग्रह गरेका छन् । उनले संविधानभन्दा बाहिर गएर समाधानको प्रयास गरिए निकट भविष्यमै सम्हाल्नै नसकिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
आज ९मंगलवार० भिडियोमार्फत् सार्वजनिक मन्तव्य दिँदै थापाले संविधानको निरन्तरतामा जेनजी पुस्ताले विशेष ख्याल गर्नुपर्ने बताएका छन्
थापाले २०६२र६३ को जनआन्दोलनबाट प्राप्त संविधान सहजै नबनेको उल्लेख गर्दै त्यसमा विविध समुदायका मागहरू समेटिएको बताएका छन् ।
उनको भनाइमा, संविधान जोगाउँदै त्यसभित्रै आमूल परिवर्तन सम्भव छ, र त्यसै दिशामा अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।
महामन्त्री थापाले हालैको जेनजी आन्दोलनका क्रममा भएको हत्या, हिंसा र विध्वंसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । उनले दोषी पहिचान गरी कानूनअनुसार कारबाही गर्न र यस कार्यमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
त्यस्तै, उनले सार्वजनिक जीवनमा २०४६ सालपछि प्रवेश गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने कानुनी संरचना निर्माण गर्नुपर्ने माग समेत गरेका छन्।
जेनजी आन्दोलनको दोस्रो दिन देखिएको विध्वंशात्मक प्रदर्शनमा जेनजीका नेताहरूको संलग्नता नरहेको दाबी गर्दै थापाले त्यसमा केही नयाँ अनुहारका साथै केही पुराना व्यक्ति पनि संलग्न भएको बताएका छन् ।