Butwal Today

देशभर सुरक्षा निकाय परिचालन, २७ जना पक्राउ: लाखौं रुपैयाँ बरामद

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

भैरहवा, २५ भदौ ।

देशभर सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाली सेनासहित अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ। गत रात १० बजेदेखि सुरु भएको सेनाको कारबाहीमा आज बिहान १० बजेसम्म विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरिएको छ।

देशका विभिन्न भाग, विशेष गरी काठमाडौँमा, विषम परिस्थितिको फाइदा उठाउँदै लुटपाट, आगजनी र तोडफोडका गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

सुरक्षाकर्मीहरूले ३ वटा दमकल प्रयोग गरी आगजनी नियन्त्रणमा लिएका छन् । यस क्रममा, काठमाडौँको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद भएको छ ।

साथै, सुरक्षाकर्मीले काठमाडौँबाट २३ थान र पोखराबाट ८ थान गरी कुल ३१ थान हतियार, म्यागेजिन र गोलीगठ्ठा बरामद गरेका छन् ।

घटनामा २३ जना नेपाल प्रहरी र ३ जना गैर(सैनिक व्यक्ति घाइते भएका छन्, जसको सैनिक अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा निकायले देशको शान्ति र व्यवस्था कायम राख्न थप सतर्कता अपनाएको जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?