© 2026
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र आन्दोलनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै भनेका छन्, “सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।”
उनका अनुसार वार्ता सुरु हुनुअघि संसद् विघटन भएको हुनुपर्ने शर्त रहन्छ । “याद रहोस वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,” उनले लेखेका छन् ।