Butwal Today

राज्यका ३ वटै अङ्ग माथि आन्दोलनकारीको नियन्त्रण

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २४ भदौ ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन चर्कँदै गएपछि आन्दोलनकारीहरूले राज्यका प्रमुख तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नियन्त्रणमा लिएका छन् ।

उनीहरूले संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतसहित मुख्य भवनहरूमा तोडफोड र आगजनी गरेका छन् ।  राजधानीभर उग्र प्रदर्शन फैलिँदै जाँदा प्रशासन र सुरक्षातन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेका छन् ।

सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै स्थिति नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन् । विज्ञप्तिमा शान्ति-व्यवस्था पुनःस्थापना गर्न सबै पक्षसँग सहयोग गर्न अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?