© 2026
काठमाडौं ।
काठमाडौंको गौशालामा प्रदर्शनकारीहरूले प्रहरीमाथि सुतली बम प्रहार गरेका छन् । चावहिलबाट ठूलो संख्यामा अगाडि बढेका जेनजी प्रदर्शनकारीहरूले मंगलबार दिउँसो प्रहरीमाथि आक्रमण गरेका हुन् ।
काठमाडौं उपत्यकामा आन्दोलन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरूले नेताहरूका घर र प्रहरी कार्यालयहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् ।