© 2026
काठमाडौं, २४ भदौ ।
जेनजी आन्दोलनको दोस्रो दिनमा देशभर प्रदर्शन तीव्र बनेको छ । आज राजधानीदेखि विभिन्न प्रदेशसम्म आन्दोलनकारीको भीड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ ।
प्रदर्शनकारीहरू प्रधानमन्त्री, शीर्ष नेता तथा मन्त्रीका निजी आवास र पार्टी कार्यालयलाई लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् । राजधानीमा तनाव चुलिँदै जाँदा आन्दोलनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै आक्रमण गरेका छन् ।
सिंहदरबारको मुख्य गेटबाट प्रवेश गरेका उनीहरूले मन्त्रालय परिसरमा प्रवेश गरी तोडफोड सुरु गरेका छन् । यस घटनापछि प्रशासनिक कामकाज ठप्प भएको छ भने सुरक्षा व्यवस्थामा थप चुनौती सिर्जना भएको छ ।