Butwal Today

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै उनले भनेका छन्, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।”

मन्त्री पौडेलले लोकतन्त्र अहिंसामै आधारित हुने बताउँदै निहत्था युवा पुस्तामाथि भएको दमन र रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको प्रष्ट पारे ।

उनले लेखेका छन्, “जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ, त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन ।”

पौडेलका अनुसार उनले लोकतन्त्र र नागरिक अधिकारको पक्षमा उभिँदै मन्त्री पद त्यागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?