Butwal Today

धनगढीमा जेनजी आन्दोलन, पार्टी कार्यालय र पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

धनगढी ।

जेनजी आन्दोलनका कारण कैलालीको धनगढीमा स्थिति तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले धनगढीस्थित कांग्रेस र एमालेका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

त्यसैगरी, कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्रमन्त्री आरजु राणाको निवासमा पनि आगजनी गरिएको छ ।

यसैबीच, प्रदर्शनकारीहरूले कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?