© 2026
काठमाडौं, २४ भदौ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरेको छ ।
पार्टीका उपाध्यक्ष अब्दुल खानले हाल आन्तरिक बहस चलिरहेको जानकारी दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई पनि पदबाट राजीनामा दिन भनिएको बताए ।
“केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ । यसबारे अहिले पार्टीभित्र छलफल चलिरहेको छ,” उपाध्यक्ष खानले भने ।