Butwal Today

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २४ भदौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द हुने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, गोठाटारसहितका क्षेत्रमा लगातार आगलागीका घटनाहरू भइरहेकाले र अन्य सुरक्षा चुनौतीहरू उड्डयन सुरक्षा प्रतिकूल बन्दै गएकाले विमानस्थल बन्द गर्नुपर्ने निर्णय गरिएको हो ।

उक्त अधिकारीले बताएअनुसार, हाल आकाशमा रहेका विमानहरूलाई अवतरण गर्न दिइने भए पनि नयाँ उडानहरू अस्थायी रूपमा रोकिने छन् ।

विमानस्थलको सुरक्षा अहिले नेपाली सेनाले सम्हालेको छ । साथै, मुख्य प्रवेशद्वारलाई बन्द गरी विमानस्थलभित्रका अन्य गतिविधिहरू पनि रोक्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?