© 2026
काठमाडौं, २४ भदौ ।
जेनजी पुस्ताको आन्दोलन दोस्रो दिन प्रवेश गर्दा थप तीव्र बनेको छ । राजधानीका विभिन्न टोल–टोलबाट सडकमा उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनीका घटनामा संलग्न भएपछि वातावरण तनावपूर्ण बनेको छ ।
आन्दोलनकारीहरूले आफ्नो असन्तोष व्यक्त गर्ने क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्री तथा दलका कार्यालयहरूलाई मुख्य निशाना बनाएका छन् ।
यसै क्रममा च्यासलस्थित नेकपा ९एमाले० केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी समेत गरेका छन् ।