© 2026
काठमाडौं ।
देशभर जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक आज साँझ ६ बजे बस्नेछ ।
प्रधानमन्त्री ओलीले एक अपिल जारी गर्दै राजधानीसहित देशका विभिन्न भागमा सोमबार भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन् : “कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा हुँदैन । शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्ने परिपाटी नै हामीले अपनाउनु पर्ने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु ।
त्यसैका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई यस विषम परिस्थितिमा संयमता अपनाउन विनम्र अनुरोध गर्दछु ।”
