© 2026
काठमाडौं, २४ भदौ ।
बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । ठूलो संख्यामा पुगेका प्रदर्शनकारीले देउवाविरुद्ध नाराबाजी गर्दै घरतर्फ ढुंगामुढा गरेका छन् ।
आगजनीका कारण परिसरभर बाक्लो धुवाँ निस्किरहेको छ । त्यस क्षेत्रमा तीन–चार राउन्ड गोली चलिएको आवाज सुनिएको स्थानीयले बताएका छन् ।