© २०२३
काठमाडौं, २३ भदौ ।
जेनजी युवाहरूको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक आंशिक रूपमा चल्न थालेको छ। वर्ल्डलिंक, सुबिसु लगायतका इन्टरनेट सेवा प्रदायकमार्फत फेसबुकसहितका सामाजिक सञ्जाल खोलिन थालेका हुन् ।
तर नेपाल दूरसञ्चार प्राधिकरणले भने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय यथावत् रहेको स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार हालसम्म प्रतिबन्ध फुकुवा गर्ने कुनै आधिकारिक निर्णय भएको छैन ।
सोही क्रममा इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालका अध्यक्ष सुधीर पराजुलीले समेत हालसम्म कुनै औपचारिक निर्देशन प्राप्त नभएको जानकारी दिए ।