Butwal Today

जेनजी आन्दोलनका माग तत्काल सम्बोधन गर्न प्रचण्डको सरकारलाई आग्रह

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनमा सहभागी युवाहरूले उठाएका मागहरू तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले सोमबार नयाँ बानेश्वरमा भएको प्रदर्शन र त्यसक्रममा भएको प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाएका हुन् ।

“जेनजी युवाहरूले उठाएका मागहरू न्यायसंगत छन् । ती मागहरू तत्काल सम्बोधन गर्न म सरकारसँग आग्रह गर्दछु,” उनले भने।

उनले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना गर्दै भने, “प्रदर्शनमा प्रहरीको बल प्रयोगका कारण ७०–८० जना घाइते भएको खबर आएको छ । साथै, एक जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनाको वास्तविकता तत्काल सार्वजनिक गरिनुपर्छ,” उनले जोड दिए ।

प्रचण्डले घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?