Butwal Today

जेनजीद्वारा संसद् भवनका तीनवटै गेट घेराउ

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, २३ भदौ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको तीनवटै गेट जेनजीहरूले घेरेका छन् । सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा ओर्लिएका उनीहरूले संसद् भवन अगाडिको सडक पूर्ण रूपमा कब्जा गरेका छन् ।

प्रदर्शनकारीहरूको एक समूह संसद् भवनको परिसरभित्र प्रवेश गरेको छ । प्रदर्शनकारीले संसद् भवनभित्र ढुंगा प्रहार गरिरहेका छन् ।  उनीहरूले सरकारविरुद्ध नारा लगाइरहेका छन् ।