Butwal Today

एमाले दोस्रो विधान महाधिवेशन: छलफल पूरा, ओलीको जवाफपछि टुंगिने

२२ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २२ भदौ ।

ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सूहगत छलफलको निष्कर्ष पेश गर्ने काम पूरा भएको छ ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका दस्तावेजमाथि ९ वटा समूहमा व्यापक छलफल भएको थियो । छलफलका निष्कर्षहरू सुनाइसकेपछि महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिँदै महाधिवेशनको प्रक्रियालाई अगाडि बढाएका छन् ।

एमालेले आजै विधान महाधिवेशनलाई समापन गर्ने तयारी गरेको छ । अन्तिम चरणमा अध्यक्ष ओलीले समग्र विषयमा आफ्नो जवाफ दिएपछि महाधिवेशन औपचारिक रूपमा टुंगिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?