© 2026
कतार, २१ भदौ ।
कतारमा सन् २०२० देखि सुनचाँदीको क्षेत्रमा सक्रिय भिक्टोरिया गोल्ड एन्ड डायमन्ड ले आफ्नो पाँचौँ शाखा अलखोरमा विस्तार गर्ने भएको छ । बिहीबार राति आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले अलखोरस्थित सफारी मार्केट नजिकै डाउन टाउन को ग्राउन्ड फ्लोरमा नयाँ शाखा सञ्चालनमा ल्याउने जानकारी दिएको हो । उक्त स्थान पर्छ ।
भारतको केरलाबाट आएका व्यवसायी मोहमद फैजलद्वारा सञ्चालित यो कम्पनीले नेपाली समुदायको साथ र विश्वासकै कारण सफलता हासिल गर्दै आएको बताइएको छ । फैजलका अनुसार कम्पनीका सबै शाखाहरूमा नेपाली कालिगडहरू कार्यरत छन्, जसले नेपाली समुदायसँगको सजीव सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।
आगामी सेप्टेम्बर १२ तारिक शुक्रबार साँझ नयाँ शाखाको औपचारिक उद्घाटन गरिनेछ । उद्घाटनको अवसरमा विशेष छुट तथा अफरहरू उपलब्ध हुनेछन् । जसमा २४ क्यारेटको ५० ग्राम भन्दा तल सुनका गहना खरिदमा ५० प्रतिशत, १०० ग्राम भन्दा बढीका गहना लिएमा मेकिङ चार्ज फ्री र २०० ग्राम भन्दा बढीका गहना लिदाँ एउटा सुनको कोईन उपहार दिइने फैजलले जानकारी दिए ।
त्यसैगरी, कम्पनीका अन्य शाखामा गएर टिकटक बनाउने ग्राहकहरूको नाम गोला प्रथामा राखिनेछ, जहाँ विजेता ५ जनालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
भिक्टोरियाले कतारस्थित नेपाली समाजले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा निरन्तर प्रायोजन गर्दै आइरहेको छ । उक्त सम्मेलनमा कतारस्थित नेपाली समुदायका अगुवा, पत्रकार तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरूको उपस्थिति रहेको थियो ।
उक्त सम्मेलनमा मोरङका मोहम्मद सैयदले नेपाल फर्किँदा सुन बोकेर जाँदा त्रिभुवन विमानस्थलमा हुने कठिनाइप्रति चिन्ता व्यक्त गरे ।
त्यसैगरी, पत्रकार रोशन अर्यालले कतारबाट सुन बोकेर जानेक्रममा अन्यका लागि ‘भरिया’ नबन्न अनुरोध गरेका छन् । फैजलले पनि पारदर्शी र इमानदार व्यापार नै दिगो व्यवसायको आधार हुने बताउँदै, ग्राहकको विश्वास एक पटक गुमेपछि पुनः पाउन गाह्रो हुने धारणा राखे ।