© 2026
काठमाडौं, १९ भदौ ।
सरकारले तोकिएको समयभित्र सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ ।
आज बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सरकारले यसअघि सामाजिक सञ्जाललाई सूचीकरणका लागि सात दिनको समय दिएको थियो । सो समय सीमा गएराति १२ बजे सकिएको छ ।
भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले समय सीमा तोकेको थियो भने भदौ १२ गते मन्त्रालयले सूचना जारी गरेको थियो । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकृत भएका छन् ।