ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

उपप्रधानमन्त्री पौडेलद्वारा सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

भैरहवा, भदौ १५ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।। रङ्गशाला अवलोकनको क्रममा सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेकाले रंगशालाको विकासका लागि बजेट अभाव हुन नदिने स्पष्ट पारे ।

मन्त्री पौडेलले भने, “यस आर्थिक वर्षमा सिद्धार्थ क्रिकेट रंगशालाका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । आगामी वर्षहरूमा पनि बजेट सुनिश्चित गरिनेछ । तपाईंहरू उत्साहका साथ खेलकुद विकासमा लाग्नुहोस् ।”

उक्त रंगशालालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण खेल पूर्वाधारको रूपमा चिनिँदै आएको छ । अवलोकनको क्रममा मन्त्री पौडेलले अझै अधुरा रहेका निर्माण कार्यहरू यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ रंगशालालाई बहुवर्षीय योजनामा राख्न आग्रह गरे । उनले भने, “यो रंगशालामा खेल पर्यटनको अपार सम्भावना छ । काठमाडौँ बाहिरको स्तरीय रंगशाला भए पनि लगानी अभावका कारण निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ ।”

पूर्व अध्यक्ष प्रशान्त विक्रम मल्लका अनुसार, रंगशालाको निर्माण कार्य सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि हालसम्म जम्मा १६ प्रतिशत काम मात्र सम्पन्न भएको छ । न्यून बजेट र अव्यवस्थित योजना निर्माण ढिलाइको प्रमुख कारण बनेको उनले बताए ।

२०६८ सालमा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ काम थालिएको थियो । मूलपानी रंगशालाको निर्माणले केही गति लिँदा भैरहवाको रंगशालामा भने काम कछुवा गतिमा अघि बढेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० द्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अनुसार, रंगशालामा करिब ७ हजार दर्शक अट्ने प्याराफिटसहित अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना थियो । त्यसबेला अनुमानित लागत ३८ करोड रुपैयाँ थियो । तर, पछिल्ला वर्षहरूमा बजेट विनियोजन ठप्प भएको कारण हाल उक्त योजना कार्यान्वयन गर्न कम्तीमा ७० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

हालसम्म रंगशालाको निर्माणमा करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?