Butwal Today

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख खाँनको मृत्यु 

१४ भाद्र २०८२, शनिबार
अ+
अ-

भैरहवा, १४ भदौ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । लामो समय देखि मुटु रोग बिरामी रहेका मुलसमानको शनिबार बिहान हृदयघातकै कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

शनिबार बिहान ९ बजे हृदयघात भएपछि घरमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएका छन् । उनको शवलाई परम्परा अनुसार साँझ ५ बजे स्थानीय कब्रिस्तानमा अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए ।

खाँन नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?