ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने
विशेष समाचार

पैसा फलाउने ‘क्रस बोर्डर टुरिजम’

भारतीय पर्यटकलाई लक्षित गरी बाँकेमा धमाधम पर्यटकीय पूर्वाधार बन्दै
२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बाँके, २१मंसिर ।

बाँकेमा ‘क्रस बोर्डर टुरिजम’ को अवधारणा अघि बढेसंगै पर्यटन क्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मक क्षेत्रमा लगानी थपिदो क्रममा छ । तेस्रो मुलुकका नागरिक मात्र पर्यटक हुन् भन्ने मनोविज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटन क्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आकर्षित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रित छन् ।

नेपालगन्जका संघीय सांसद धवल शमसेर राणा क्रस बोर्डर टुरिजमका बारे योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिन्छन् । नेपालगन्ज पछिल्लो समय क्रस बोर्डर टुरिजमका बारे मन्थन हुँदै विभिन्न गतिविधि भएका छन् । नेपालगन्जका मेयर प्रशान्त बिष्ट भारतीय पर्यटकलाई नेपालगन्ज र हिलस्टेशनमा घुमाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिन्छन् ।

नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् । राणा भन्छन्,–‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरिहार्य छ । अब हामी त्यस दिशामा अगाडी बढ्नुपर्छ ।’ राणाले नेपालगन्जले अब भारतीय पर्यटकलाई नजरअन्दाज गर्न नसक्ने पनि बताए ।

उनले भने,–‘जमुनाह नाकाबाट भारतीय नागरिक छिर्ने बित्तिकै फरक तरिकाले हेर्ने नजरमा अब परिवर्तन ल्याउनुपर्छ । सीमावर्ती भारतीय नागरिकहरु पर्यटक बनेर दुनिया घुम्न जान्छन् भने राम्रो वातावरण बनाउन सक्यौं भने नेपाल पनि घुम्न आउँछन् ।’

नेपालगन्जमा क्रसबोर्डर टुरिजमका आधार तयार भएका छन् । क्यासिनो खेल्न लखनउबाट मात्र होइन दिल्लीबाट समेत आइरहेका छन् । तिनै नागरिकलाई कर्णाली प्रदेशको हिलस्टेशनदेखि बाँके, बर्दियाको पर्यापर्यटन घुमाउन सकिने प्रशस्त आधार तयार भएको छ । छोटो समयको पर्यटनका लागि नेपालगन्जमा पनपार्कहरु बन्दै छन् त्यसले सीमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्ने छ ।

लामो समयको टुरिजमका लागि नेपालगन्जबाटै कर्णाली प्रदेशका लागि माउण्टेन फ्लाईट, टे«किङ जस्ता योजना बन्दै गरेको मेरो प्लानेट फनपार्कका ओमकार मिश्र बताउँछन् । ‘क्रस बोर्डर टुरिजमका लागि आधार तयार गर्दै जान सक्यौ भने राम्रो हुन्छ । हामी त्यसका लागि सक्रियतापूर्वक लाग्दै छौ’– मिश्र भन्छन् ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले क्रसबोर्डर टुरिजम अहिले पनि रहेको बताउँदै अब त्यसलाई बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् । उनी भन्छन–‘कैलाश मानसरोवारको त नेपालगन्ज हब नै हो । तर अब यसमा मात्र सीमित नभई थप क्षेत्र बिस्तार गर्नुपर्छ ।’ बिभिन्न सेवाप्रदायक कम्पनीहरुले नेपालगन्जलाई ट्रान्जिट बनाई कर्णालीका लागि टुर प्याकेज ल्याएका छन् । त्यसमा भारतीय नागरिकलाई जोड सकिने आधार तयार भएको छ ।

भ्रमण वर्ष २०२० शुरु हुनुपूर्व नेपालगन्जको पर्यटन प्रवद्र्धनका लागि लखनउसम्म गएर अन्तत्र्रिmया र प्रचार प्रसार गर्ने योजना बनेको थियो । तर कोभिडका कारण भ्रमण वर्ष नै स्थगित भयो भने लखनउ जाने योजना तत्कालका लागि तुहियो । तर भारतका पत्रकार र पर्यटनक्षेत्रका अगुवा सहभागि भएको वेष्र्टन टुरिजम मार्ट सम्पन्न भयो ।

पर्यटन प्रवद्र्धन जिल्लास्तरीय समितिका सचिवालय सदस्य रहेका सिद्धार्थ समूहका क्षेत्रीय प्रवन्धक केशव न्यौपाने भन्छन्,–‘नेपालगन्ज र भारतीयबीच अब व्यावसायिक पर्यटनको सम्बन्ध गाँस्ने गरी प्रचार प्रसारको काम निकट भविष्यमै गर्नुपर्छ ।’ गाभर होमस्टेका संस्थापक कृष्ण चौधरीले पर्यापर्यटनका लागि भारतीय पर्यटक ठूलो संख्यामा भित्रिन सक्ने आधार तयार भएको बताउँछन् । अहिले सीमित मात्रामा आइरहेका भारतीय पर्यटकको ठूलो संख्या भित्रा्उने गरी प्रचार प्रसार गर्नुपर्ने उनको भनाई छ ।

सदियौंदेखिको रोटीबेटीको सम्बन्धलाई अब व्यावसायिक पर्यटनको सम्बन्धसंग पनि जोड्नुपर्ने आवाज उठ्दै आएको छ । नेपालगन्जको मेयर हुँदा धवल शमशेर राणाले तत्कालीन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेटेर क्रस बोर्डर टुरिजमका बारेमा सीमावर्ती क्षेत्रका भारतीय जनप्रतिनिधि र प्रशासकसंग अन्तक्र्रियाको वातावारण बनाईदिन अनुरोध गरेका थिए । अब तयस्ता गतिबिधिलाई थप प्रोत्साहन गरिने राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission